
पोखरा। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख डिल्लाराज भट्टले बुधबार प्रदेश सभामा नीति तथा कार्यक्रम वाचन गर्दै सरकारको आगामी वर्षको कार्यदिशा प्रस्तुत गरे।
सरकारले “आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासन” लाई मूल मन्त्र मानेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ। प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, पर्यटन, रोजगारी सिर्जना, पूर्वाधार विकास तथा डिजिटल गभर्नेन्सलाई प्राथमिकतामा राखिएको छ।
नीति तथा कार्यक्रमका आर्थिक आत्मनिर्भरता र उद्यमशीलता प्रवर्द्धन घरेलु उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने, युवामैत्री उद्यमशीलता प्रवर्द्धन गर्ने, र महिला सशक्तीकरणलाई सशक्त कार्यक्रममार्फत अगाडि बढाउने योजना ल्याइएको छ।
प्रविधिमार्फत सेवा प्रवाहमा सुधार प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने लक्ष्य राखिएको छ। डिजिटल गभर्नेन्सको प्रभावकारिता वृद्धि गरिनेछ।
स्वास्थ्य र शिक्षा सुधारस्वास्थ्य र शिक्षा क्षेत्रमा गुणस्तरात्मक सुधार गर्ने योजनासमेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
भौगोलिक सन्तुलनमा आधारित विकासभूगोल अनुसारको पूर्वाधार विकास, साना तथा घरेलु उद्योगको प्रवर्द्धन, तथा जलविद्युत् र वैकल्पिक ऊर्जामा लगानीको योजना प्रस्तुत गरिएको छ।
रोजगारी सिर्जना र निजी क्षेत्रसँग सहकार्यनिजी क्षेत्रसँग सहकार्य गरेर रोजगारी सिर्जना गरिनेछ। विशेष गरी युवालाई रोजगारीमैत्री कार्यक्रममार्फत संलग्न गराउने प्रयास हुनेछ।
पर्यटन विकास र अन्तर्राष्ट्रिय ब्रान्डिङपर्यटनलाई आर्थिक समृद्धिको मेरुदण्डको रूपमा अघि बढाउँदै पर्यटकीय पूर्वाधार निर्माण, प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारमा गण्डकी प्रदेशको ब्रान्डिङ गरिने उल्लेख छ।संघीयता र समावेशी विकासमा जोडसंघीयताको संस्थागत मजबुतीकरण, समावेशी विकास, र प्रभावकारी सेवा प्रवाहका लागि प्रणालीगत सुधार गरिने नीति अपनाइएको छ।
यस्तो छ पूर्णपाठ:
