
पोखरा । तनहुँको बन्दिपुर गाउँपालिका-२ कुवादीमा चितुवाको आक्रमणबाट एक ६ वर्षीय बालकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सोमबार साँझ करिब साढे ७ बजेतिर उत्सव गुरुङ नामक बालक आफ्नै घरको आँगनमा बसिरहेको बेला चितुवाले आक्रमण गरेको थियो।
घटनापछि गम्भीर घाइते बालकलाई तत्काल उपचारका लागि बन्दिपुर अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
प्रहरीका अनुसार घटनापछि क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ र चितुवा नियन्त्रणमा लिन सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको छ।
कमेन्ट गर्नुहोस्
