छोरेपाटन मावि भूपूविद्यार्थी मञ्चद्वारा पत्रकारिता र मोबाइल फोटोग्राफी तालिम

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ स्थित छोरेपाटन माविका पूर्वविद्यार्थीहरूले गठन गरेको छोरेपाटन मावि भूपूविद्यार्थी मञ्चले विद्यालयका वर्तमान विद्यार्थीहरूलाई लक्षित गर्दै विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको छ।

यसैक्रममा मञ्चले बिहीबार स्वतन्त्र पत्रकार संघ कास्कीको सहकार्यमा आधारभूत पत्रकारिता तथा मोबाइल फोटोग्राफी तालिम सञ्चालन गरेको हो। तालिममा कक्षा ७ देखि १० सम्मका इच्छुक विद्यार्थी, पूर्वविद्यार्थी, शिक्षक तथा कर्मचारीसहित १०० भन्दा बढीको सहभागिता रहेको थियो।

तालिमको सहजीकरण स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीका कार्यसमिति सदस्य मदनराज जैसीले गरेका थिए। सहभागी विद्यार्थीहरूले प्रशिक्षणका क्रममा पत्रकारिता र मोबाइल फोटोग्राफीबारे जिज्ञासा राख्दै प्रशिक्षकसँग प्रत्यक्ष संवाद गरेका थिए।

तालिममा छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम शर्मा, सहायक प्रधानाध्यापक खेमराज बराल र मेघनाथ पौडेल, भूपूविद्यार्थी मञ्चका अध्यक्ष कृष्ण रानाभाट, उपाध्यक्ष हिमलाल उपाध्याय, सचिव शालिकराज भण्डारी र कार्यसमिति सदस्य कविता गुरुङ ‘कवि’को उपस्थिति थियो।

तालिम औपचारिक भाषण वा आसनबिना, पूर्णतः व्यावहारिक र सहभागीमुखी शैलीमा सम्पन्न गरिएको थियो। यसअघि गत शुक्रबार, दरबारथोक मिडिया प्रालिको सहकार्यमा दरबार न्यूजका प्रमुख संवाददाता तथा प्रशिक्षक सागर कार्कीबाट उद्घोषण तालिम दिइएको थियो।

कमेन्ट गर्नुहोस्
Share: