बागलुङको अस्तुमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

302
0
Share:

पोखरा । बागलुङको ढोरपाटन नगरपालिका-५ अस्तुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन्। बुर्तिवाङ बजारदेखि ढोरपाटन-५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप आज साँझ ५ः४५ बजे दुर्घटना भएको हो।

दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुए। अहिले प्रहरी, स्थानीय र जनप्रतिनिधिको सक्रियतामा उद्धार भइरहेको उनको भनाइ छ। जिप सडकदेखि करिब ६० मिटर तल खसेको थापाले बताए।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतका अनुसार छ जना घाइतेको उद्धार गरी उपचारका लागि बुर्तिवाङ प्रादेशिक अस्पताल पठाइएको छ भने दुई वटा शव संकलन भइरहेको छ। प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी छ।

कमेन्ट गर्नुहोस्
Share: