१० दिनमा २ पटक बढ्यो अन्डाको भाउ, क्रेटको कति ?

Share:

काठमाडौं । १० दिनअघि बढेको अन्डाको भाउ शुक्रबारदेखि लागु हुने गरी फेरि बढाइएको छ । नेपाल लेयर्स कुखुरापालक संघले भोलि शुक्रबारदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो ।

संघले अन्डाको भाउ प्रतिक्रेट १५ रुपैयाँ बढाएको छ । मूल्य बढेसँगै ठूलो अन्डाको भाउ प्रतिक्रेट ४ सय ९५ रुपैयाँ पुगेको छ। त्यस्तै मिडियम अन्डाको भाउ प्रतिक्रेट ४ सय ६५ रुपैयाँ तोकिएको छ ।

संघका सचिव मदन पोखरेलले अन्डा उत्पादन कम भएको र माग बढी भएको हुँदा भाउ बढाउनुपरेको बताए ।

कमेन्ट गर्नुहोस्
Share: