लुम्म्रेमाबाट गाँजासहित दुई जना पक्राउ

Share:

पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिका-८, लुम्म्रेबाट २ किलो ५०० ग्राम लागू औषध गाँजासहित दुई जना पक्राउ परेका छन्। लागू औषध कारोबार भइ रहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीअन्तर्गत वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले उक्त नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२५, हेम्जा बस्ने २१ वर्षीय योगेश रोका मगर र नवलपरासीको गैडाकोट नगरपालिका-८ बस्ने १८ वर्षीया साहारा सुनार छन्।

गत असार १८ गते राति करिब १० बजे लु.प्र. ०१–००६ प ०८३५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा साहारा सुनारले बोकेको झोलाबाट लुकाइछिपाई राखिएको अवस्थामा गाँजा फेला परेको हो। बरामद लागू औषधको तौल तत्कालै डिजिटल तराजु प्रयोग गरी २ किलो ५०० ग्राम मापन गरिएको थियो।

पक्राउ परेकाहरूमाथि लागू औषध नियन्त्रण सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ। उनीहरूलाई कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: