
काठमाडौं । भोटेकोसी नदीमा सोमबार राति आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। पुल बगेसँगै रसुवामार्ग हुँदै चीनसँगको सडकीय सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ।
प्रशासनका अनुसार रसुवागढी भन्सारको ड्राइपोट (यार्ड) क्षेत्रमा पार्किङ गरिएका करिब १०० देखि १५० वटासम्म सवारीसाधनमध्ये अधिकांश बाढीले बगाएको अनुमान गरिएको छ।
त्यसैगरी, ड्राइपोटमा कार्यरत केही चालक र मजदुरहरू पनि बाढीमा परेको आशंका गरिएको छ। यद्यपि, उनीहरू बेपत्ता भएको पुष्टि भने हालसम्म हुन सकेको छैन।
कमेन्ट गर्नुहोस्
