एम्नेष्टी समूह ५४ को संयोजकमा विष्णुहरि पन्थी चयन

Share:

पोखरा । अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एम्नेष्टी इन्टरनेशनल, समूह ५४ को १२ औं अधिवेशनले विष्णुहरि पन्थीको संयोजकत्वमा नयाँ कार्यसमिति गठन गरेको छ। शनिबार पोखरामा सम्पन्न २४ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले पन्थीलाई संयोजक चयन गरेको हो।

नयाँ कार्यसमितिमा उपसंयोजकमा मीना रानाभाट, सचिवमा ज्योती हमाल, कोषाध्यक्षमा सुसिल केसी, सहसचिवमा अनिरुद्ध बराल चयन भएका छन्। सदस्यहरूमा अजय थापा, अस्विन कार्की, विश्व कुमार बिजुक्छे, रन्जित तिमिल्सिना, मनहरि भण्डारी र नवीन श्रेष्ठ रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले मानवअधिकारको वकालत गर्दै एम्नेष्टीका गतिविधिमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे।

नवगठित समितिले एम्नेष्टी अभियानलाई थप सशक्त बनाउँदै मानवअधिकार संरक्षणमा नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

निर्वाचन संयोजक तथा पूर्व संयोजक नविनराज बरालले नवनिर्वाचित टिमलाई प्रमाणपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

कार्यक्रममा एम्नेष्टी इन्टरनेशनलका केन्द्रीय सदस्य मीना थापा, समूह ५४ का पूर्व संयोजकहरू कोमलनाथ कुवँर, अनन्त कोइराला, भानु पराजुली र समूह ८२ का सचिव हरिप्रसाद शर्माले निर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै संस्थाको विश्वसनीयता कायम राख्न आग्रह गरे।

निवर्तमान संयोजक सुरेन्द्र परियारले दुई वर्षे कार्यकाललाई अविस्मरणीय अनुभव बताउँदै नयाँ नेतृत्वलाई स्वागत र सफल कार्यकालको शुभकामना व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
Share: