नवोदित गायिका लक्ष्मी खनाल पौडेलको मौलिक तीज गीत सार्वजनिक

Share:

पोखरा। हरितालिका तीजको रौनक नजिकिँदै गर्दा नेपाली संगीत बजारमा तीज गीतहरूको संख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ। नवोदित तथा स्थापित गायक-गायिकाहरूले यस वर्षका तीज पर्वलाई लक्षित गर्दै नयाँ-नयाँ गीत सार्वजनिक गरिरहेका छन्।

त्यसै क्रममा नवोदित गायिका लक्ष्मी खनाल पौडेलले “बाबा आमालाई सेवा गरौं” शीर्षकको मौलिक तीज गीत सार्वजनिक गरेकी छन्। सामाजिक सन्देशले भरिपूर्ण सो गीत मोति डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा गायिका लक्ष्मीलाई सन्जु खनाल र सुष्मा खनालले स्वरमा साथ दिएका छन्।

गीतका शब्द र लय माधवप्रसाद खनालले सिर्जना गरेका हुन् भने भिडियोको निर्माण मोति डिजिटल स्टुडियोले गरेको हो। महेश्वर खनाल दिदीबहिनी समूहको प्रस्तुति रहेको यस गीतमा ‘बाबा आमाको सेवा गरौं’, ‘ज्येष्ठ नागरिकको सम्मान गरौं’ जस्ता सामाजिक सन्देशलाई ग्रामीण परिवेशको मौलिक भाकामा प्रस्तुत गरिएको छ।

गायिका पौडेलका अनुसार गीतमा आफ्नै गाउँघरको भाका, शब्द र संस्कृतिको झल्को समेटिएको छ। केही दिनअघि सार्वजनिक भएको यस गीतले युट्युबमा राम्रै दर्शकको ध्यान तानेको छ। उक्त समूहले यसअघि सन्जु खनालको स्वरमा “दिदी भाइको गन्थन” शीर्षकको अर्को मौलिक तीज गीत पनि सार्वजनिक गरिसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: