
पोखरा। नेपाली समाजमा जन्मदिन तथा उत्सवहरूमा अत्यधिक खर्च गर्ने प्रवृत्ति बढिरहेका बेला पोखराकी एक किशोरीले विपरीत उदाहरण प्रस्तुत गरेकी छन्।
ह्याप्पी नेपाल म्यानपावर पोखराकी प्रबन्धक तथा लायन्स क्लब अफ पोखरा मर्दि हिमालकी सहसचिव मिना थापा भण्डारीले आफ्नो जन्मदिन मानव सेवा आश्रम छोरेपाटनमा आश्रित ९४ जना अनाथ महिलाहरूसँग मनाइन्। उनले आश्रममा विहानको भोजन तथा फलफूल वितरण गरिन्।
भण्डारीले मानव सेवा नै संसारको सर्वोच्च धर्म भएको उल्लेख गर्दै जन्मदिनको अवसरमा असहायहरूसँग सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको बताइन्। उनले भविष्यमा पनि मानव सेवा आश्रमजस्ता संस्थाहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
कार्यक्रममा ह्याप्पी नेपालका कर्मचारी अशिम गिरी, हिरा गुरुङ, समला अधिकारी, सुनिता थापा र सगुन गौतमको उपस्थिति रहेको थियो।






