
पोखरा । पोखरा रामघाट अवस्थित गिता मन्दिरले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शोभा यात्रा सहित सम्पन्न गरेको छ। कार्यक्रम पोखरा महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष प्रेम प्रसाद कार्मचार्यको प्रमुख आतित्थ्यतामा आयोजना गरिएको थियो।
प्रमुख अतिथि कर्माचार्यले बिजेता समूहलाई नगद तथा सम्मानपत्र प्रदान गरेका थिए।
शोभा यात्रा सहित गरिएको ¥यालीमा पोखरा १० का बिभिन्न महिला समूहको भजनकृतन सहितको सहभागीता रहेको थियो।
त्यस्तै राधा र कृष्णको भेषभुषामा सजिएका दर्जर्नौ बालबालिकाहरु उक्त ¥यालीमा सहभागी थिए। साथै झाँकीमा प्रथम, द्धितीय र तृतीय हुने समूहलाई नगद तथा सम्मान पत्रले सम्मान गरिएको थियो। रामघाट महिला समूह प्रथम, गीताशान्ती महिला समूह द्धितीय र गौतमबुद्ध महिला समूह तृतीय भए।
त्यसै गरि उक्त कार्यक्रममा राधा र कृष्णको भेषभुषामा सजिएका बालबालिकाहरुलाई समेत सम्मान गरिएको थियो। भजनकृतन सहित गिता मन्दिरबाट सुरु भएको शोभायात्रा पोखरा स्वाथ्य बिज्ञान हस्पिटलचोक, अमरसिंह मार्ग,पिपलडाली चोक हुदै लक्ष्मीनारायण मन्दिर परिक्रमा गरि पुनः गीतामन्दिरमा पुगेर समापन भएको थियो।
संस्थाका अध्यक्ष डा. प्रेम कुमार उलकको सभापतित्वमा आयोजना गरिएको कार्यक्रमको संचालन संस्थाका सचिव शिव प्रसाद गौतमले संचालन गरेका थिए भने निर्णायक समितिका संयोजक पवन गौतमले नतिजा घोषणा गरेका थिए।
