पोखरा । पोखरा उद्योग वाणिज्य संघ (पोउवासंघ) का सदस्य र उनीहरूका परिवारका सदस्यहरूले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (URL) मा हुने स्वास्थ्य परीक्षण सेवामा ३५ प्रतिशत छुट पाउने भएका छन्। संघ र युएरएलबीच आइतबार पाँच वर्षे सेवा छुट सम्झौता भएको हो। सम्झौतामा संघका अध्यक्ष गोकर्ण कार्की र युएरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले हस्ताक्षर गरेका हुन्।
यस सम्झौताअनुसार संघका सदस्य तथा उनीहरूको परिवारले पोखराको न्युरोडस्थित युएरएलको प्रधान कार्यालय तथा सबै शाखाबाट संघको परिचयपत्रको आधारमा छुट पाउनेछन्। सम्झौता भदौ १ गतेदेखि लागू भई २०८७ साल साउन मसान्तसम्म कायम रहनेछ। पोखरा उद्योग वाणिज्य संघ पोखराको एक अग्रणी व्यवसायिक संस्था हो भने युएरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणित स्वास्थ्य प्रयोगशाला हो।
युएरएलका अध्यक्ष पन्थका अनुसार पछिल्लो समय जनस्वास्थ्यप्रति सचेतना बढ्दै गएका कारण बेला–बेला रक्त परीक्षण गराउने प्रवृत्ति बढेको छ। उनले भने, “खासगरी कोभिडपछि सेल्फ टेस्ट गराउने चलन बढेको छ। पोखराका उद्योगी, व्यवसायी र उहाँहरूको परिवारलाई स्वास्थ्य परीक्षणमा प्रोत्साहन र सहुलियत दिन हामीले यो सहकार्य गरेका हौँ।”
१२ वर्षअघि स्थापना भएको युएरएलले सामाजिक उत्तरदायित्व अन्तर्गत अहिलेसम्म विभिन्न संघसंस्थासँग सहकार्य गर्दै २०५ वटा निःशुल्क रक्त परीक्षण शिविर सम्पन्न गरिसकेको जनाएको छ।पोखरा उद्योग वाणिज्य संघका सदस्यलाई युनाइटेड रेफरेन्स ल्याबमा ३५ प्रतिशत छुट
पोखरा । पोखरा उद्योग वाणिज्य संघ (पोउवासंघ) का सदस्य र उनीहरूका परिवारका सदस्यहरूले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (URL) मा हुने स्वास्थ्य परीक्षण सेवामा ३५ प्रतिशत छुट पाउने भएका छन्। संघ र युएरएलबीच आइतबार पाँच वर्षे सेवा छुट सम्झौता भएको हो। सम्झौतामा संघका अध्यक्ष गोकर्ण कार्की र युएरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले हस्ताक्षर गरेका हुन्।
यस सम्झौताअनुसार संघका सदस्य तथा उनीहरूको परिवारले पोखराको न्युरोडस्थित युएरएलको प्रधान कार्यालय तथा सबै शाखाबाट संघको परिचयपत्रको आधारमा छुट पाउनेछन्। सम्झौता भदौ १ गतेदेखि लागू भई २०८७ साल साउन मसान्तसम्म कायम रहनेछ। पोखरा उद्योग वाणिज्य संघ पोखराको एक अग्रणी व्यवसायिक संस्था हो भने युएरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणित स्वास्थ्य प्रयोगशाला हो।
युएरएलका अध्यक्ष पन्थका अनुसार पछिल्लो समय जनस्वास्थ्यप्रति सचेतना बढ्दै गएका कारण बेला–बेला रक्त परीक्षण गराउने प्रवृत्ति बढेको छ। उनले भने, “खासगरी कोभिडपछि सेल्फ टेस्ट गराउने चलन बढेको छ। पोखराका उद्योगी, व्यवसायी र उहाँहरूको परिवारलाई स्वास्थ्य परीक्षणमा प्रोत्साहन र सहुलियत दिन हामीले यो सहकार्य गरेका हौँ।” १२ वर्षअघि स्थापना भएको युएरएलले सामाजिक उत्तरदायित्व अन्तर्गत अहिलेसम्म विभिन्न संघसंस्थासँग सहकार्य गर्दै २०५ वटा निःशुल्क रक्त परीक्षण शिविर सम्पन्न गरिसकेको जनाएको छ।