रेम बिक, पोखरा, १ असोज । विग एफएमले विभिन्न खाले रेडियो ईभेन्टहरु गर्दै आएको छ । र, यो पनि एउटा कारण हो की स्रोताहरुलाई विग एफएमले ईभेन्टहरुमार्फत पनि आकर्षित गरेको हो । ग्राण्ड ईभेन्ट विग आईकनसँगै विग एफएमले रेडियोबाटै गुडलक न्यू ईयर, विग तीज विग धमाका, महा आजिजा, तिहारको खेल मज्जाको खेल, भ्यालेन्टाईन कपल, होली विद विग एफएम जस्ता ईभेन्ट गर्ने गर्छ । त्यो सँगै एफएमले विभिन्न खाले ईभेन्टहरुको प्रस्तुतकर्ता समेत हुने गर्छ । यो वर्ष एफएमले जंगल फेस्टिभल र ईक्यान शैक्षिक मेलाको प्रस्तुतकर्ता भएर अगाडि आईसकेको छ ।
स्याङ्जा मनकामनाका भक्तबहादुर गुरुङले पछिल्लो पटक विग एफएमले गरेको रेडियो ईभेन्ट ‘ईक्यान फेयर स्पेशल’मा लक्की ड्र मार्फत १० हजार रुपैयाँ प्राप्त गरेपछि खुशि व्यक्त गरे । उनले विग एफएम र रेडियो गेम शोका प्रायोजक बेकन प्रिमियर ईन्टरनेशनल एजुकेशनलाई धन्यबाद दिए । शुक्रबार भएको पुरस्कार वितरण कार्यक्रम अन्तरगत भएको लक्की ड्रमा उनीसँगै सिलिंगेका सन्दीप राईले पनि १० हजार जिते । नगद पुरस्कार ग्रहण गर्दे उनले बिग एफ. एम सुन्नु र अरु एफ.एम सुन्नुमा धेरै फरक भएको बताए । बिग एफ.एमले क्षमता र भाग्य हुनेहरुका लागि नगद बितरण गरिरहने उनको भनाई थियो
ईक्यान फेयरमा बिजेता बनेकाहरुका लागि पुरस्कार बितरण समारोहमा बिग एफ.एमका अध्यक्ष महेश भण्डारीले विग एफएमलाई पश्चिमाञ्चलकै नम्बर वान एफएम बनाउन एफएमले गर्ने विभिन्न खाले ईभेन्टहरु र बिग एफ.एमको समाचारको प्रभावको ठुलो भुमिका रहेको बताए । स्रोता र व्यवसायिक संघसंस्थाहरुले देखाएको सद्भावकै कारण विग एफएम यो उचाईमा पुगेको बताउँछन् एफएमका अध्यक्ष महेश भण्डारी को कथन थियो । नयाँ र नौलौ प्रयोग नै आफुहरुको ब्यबशायिक सफलता भएको उनको भनाई थियो । नियमित कार्यक्रमहरुसँगै एफएमले विशेष चाडपर्व पारेर गर्ने ईभेन्टहरुमा स्रोताहरुको सहभागिता निकै बाक्लो हुने गर्छ । एफएमले वर्षेनी गर्ने ग्राण्ड ईभेन्ट भनेको गायन रियालिटि शो विग आईकन नै हो । पछिल्लो पटक छैठौँ सँस्करणको विग आईकनको तयारीमा जुटेको एफएमले ईभेन्टमा सहभागी हुने स्रोताहरुलाई विभिन्न खाले पुरस्कारको समेत व्यवस्था गर्ने गरेको छ – भण्डारीले भने ।
त्यसो त स्रोताहरुलाई ईभेन्टमा सहभागी बनाएर पुरस्कार बाँड्न एफएमले विभिन्न व्यवसायिक संघसंस्थाहरुसँग साझेदारी गरेको हुन्छ । व्यवसायिक फाईदा हुने भएपछि यस्ता संघसंस्था पनि विग एफएमको ईभेन्टहरुमा सहकार्य गर्न निकै आकर्षित हुने गरेका छन् । ईक्यान स्पेशल कार्यक्रमको प्रायोजक सस्था बेकन प्रिमियर ईन्टरनेशनले एजुकेशनका म्याजेजिङ डाईरेक्टर रुद्रप्रसाद अर्यालले बिग एफ.एम संगको सहकार्यमा ब्यबशायिक हिसावले र अन्य हिसावले पनि सन्तुष्ट रहेको बताए । आगामी दिनमा के कसरी संगै जान सकिन्छ भन्ने बिषयमा आफुहरु सचेत रहेको उनको भनाई थियो । शिक्षा क्षेत्रमा लगानी र सहकार्य आफुहरुको मुख्य बिषेशता भएको अर्यालले सो अबसरमा बताए ।
ईक्यान फेयरमा २४ जना बिजेता बनेका थिए । सबै बिजेताहरुलाई गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।
