टुँडिखेलमा हेलिकोप्टरबाट नयाँ संविधानको पुष्प वर्षा

Share:

काठमाडौं : 

नयाँ  संविधान जारी भएको उपलक्ष्यमा मुख्य तीन दलले सोमबार राजधानीको टुँडिखेलमा आयोजना गरेको विशाल विजय सभामा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्प वर्षा गरिएको छ ।

विभिन्न स्थानबाट सुरु भएको विजय जुलुस टुँडिखेल पुगेर सभामा परिणत भएको छ। मुख्य राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने यो सभामा जनसमुदायको विशाल सहभागिता छ । सहभागीहरुको भीडले टुँडिखेल पुरै भरिएको छ।

सभामा विभिन्न समुदायका झाकी तथा संस्कृति प्रस्तुत गरिएको छ । कर्मचारी, सुरक्षाकर्मी, कलाकार, पेसाकर्मी तथा सर्वसाधरणहरुको उपस्थिति रहेको छ । सभाको संचालन सूचना तथा संचारमन्त्री मीनेन्द्र रिजालले गरिरहेका छन् । प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरु टुँडिखेल पुगिसकेका छन् ।

 

कमेन्ट गर्नुहोस्
Share: