राजतन्त्र फाल्ने प्रचण्डलाई पूर्व युवराज्ञी हिमानीको सलाम ?

Share:

काठमाडाैं । भारतले नाकाबन्दी गरे त्यसको कडा प्रतिवाद गर्ने उद्घोष गरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व युवराज्ञी हिमानीले सलाम गरेकी छिन् । प्रचण्डको सार्वजनिक रुपमा भारतको यस्तो रवैयाप्रति कडा प्रतिवाद आएपछि एक अनलाइनले राखेको समाचार आफ्नो फेसबकु पेजमा सेयर गर्दै हिमानीले यस्तो भनेकी हुन् । राजतन्त्र फाल्ने प्रचण्डलाई हिमानीले सलाम गरेकी हुन् ।

हिमानी शाहको नाममा चलेको ८० हजार  लाइक रहेको यो पेजबाट उनले यो समाचार सेयर गर्दै राजनीतिक नेतृत्वबाट जनताले यस्तै साहसको आशा गरिएको भन्दै उनले सलाम दाहाल (प्रचण्ड) भनेकी हुन् ।‘हो राजनीतिक नेतृत्वबाट यही खालको साहसको आशा गरेका छन् नेपाली जनताले । सलाम दाहाल प्रति ।’ एक अनलाइनको समाचार सेयर गर्दै हिमानीले सेयर गरेको स्टाटसमा उल्लेख छ ।

Himani

‘Hi Mani’ नाम रहेको यो पेजमा उनका फोटो र समाचारहरु सेयर भएका देखिन्छन् । त्यस्तै सार्वजनिक व्यक्तित्व भन्दै हिमानी (Himani)को नाममा अर्को फेसबुक पेज पनि संचालित छ । सो पेजलाई १ लाख ९० हजारले लाइक गरेका छन् । तर, हिमानीका नाममा चलेका दुवै फेसबुक पेज भेरिफाइड भने छैनन् । यी फेसबुक पेजमा उनकै फोटा र गतिविधि आएका छन् । तर, उनी आफैंले चलाएकी हुन् की होइनन् भन्ने खुल्दैन ।

प्रचण्डलाई सलाम गरिएको उनको पोस्टलाई १३ हजार बढीले लाइक गरेका छन् । त्यस्तै, ९२७ जनाले सेयर गरेका छन् । हिमानीले September 22 यो स्टाटस पोस्ट गरेकी हुन् ।

कमेन्ट गर्नुहोस्
Share: