
पोखरा । पोखराको शितलादेवी क्षेत्रमा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार राति करिब ८ः५० बजे पोखरा-१२ शितलादेवी निवासी देविकला अधिकारीमाथि लुटपाट भएको सूचनाको आधारमा प्रहरी सक्रिय बनेको थियो।
घटनापछि खटिएको वडा प्रहरी कार्यालय रामबजारको टोलीले छानबिन गर्दै जाँदा, लुटपाटमा संलग्न व्यक्तिको पहिचान गरी पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा जिल्ला पर्वतको मोदी गाउँपालिका-१ स्थायी घर भई हाल पोखरा-२०, भलाममा बसोबास गर्दै आएका २४ वर्षीय सुजन विक रहेका छन्। उनीसँगै प्रहरीले लुटपाटमा प्रयोग गरिएको नक्कली पेस्तोल (खेलौना) एक थान र ग १३ प ९८३२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
प्रहरीले पक्राउ परेका विकविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ। कास्की प्रहरीले नक्कली हतियार देखाएर डर त्रास सिर्जना गरी अपराधिक कार्यमा संलग्न हुनेहरूलाई कानूनी दायरामा ल्याउने अभियानलाई तीव्र बनाएको जनाएको छ।
चोरी गर्न प्रयोग गरेको नक्कली पेस्तोल र सवारी साधनको फोटो :



