डायमण्ड स्कूलमा वार्षिक खेलकुद-२०८२ कार्यक्रम, अभिभावक र बालबालिकाको उत्सवमय सहभागिता

Share:

पोखरा । डायमण्ड सेकेन्डरी स्कूल, पोखरा-२७, तालचोकमा आज वार्षिक खेलकुद कार्यक्रम-२०८२ उत्साहपूर्वक सम्पन्न भएको छ। कक्षा नर्सरीदेखि युकेजीसम्मका बालबालिका र अभिभावकहरूको जोशजाँगरपूर्ण उपस्थितिले विद्यालय परिसर दिनभर उत्सवमय बनेको थियो।

कार्यक्रमका संयोजक हरिमाया गुरुङ र कविता गुरुङले खेलकुदले बालबालिकाको सामाजिक, मानसिक र शारीरिक विकासमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। यसै आधारमा विभिन्न समूहगत तथा व्यक्तिगत प्रतिस्पर्धात्मक खेलहरू संचालन गरिएका थिए।

जसमा म्युजिकल चेयर (अभिभावक), बालकलाई बोकेर दौड (नर्सरी), झोला प्याक-अप दौड (छात्रा), ब्यालेन्स दौड (छात्र), आफ्नो बच्चा चिन्नुहोस् दौड (अभिभावक-युकेजी), मिठाई दौड (युकेजी) दाम दौड जस्ता खेलहरूले विद्यार्थी र अभिभावक दुवैको उत्साहलाई चरममा पु‍र्‍याएका थिए।

“सूक्ष्म शारीरिक सीप विकासमा प्रभावकारी”

प्रधानाध्यापक यम बहादुर रोकाले यस्ता कार्यक्रमहरूले बालबालिकाको सूक्ष्म शारीरिक सीप, सामाजिकता र आत्मविश्वास अभिवृद्धिमा महत्वपूणर् योगदान पुर्‍याउने भन्दै विद्यालयको निरन्तर प्रतिबद्धता व्यक्त गरे।

विद्यालयका निर्देशक माधव शरण उपाध्यायले अभिभावकको सक्रियता र साथले विद्यालय-अभिभावक सहकार्य अझ मजबूत बनेको बताउँदै सबैप्रति धन्यवाद व्यक्त गरे।

अतिरिक्त क्रियाकलाप प्रमुख अनिल गुरुङका अनुसार विद्यालयले चाडै नै डायमण्ड रनिङ शिल्ड कार्यक्रमसमेत सञ्चालन गर्न लागेको छ, जसले प्रतिस्पर्धात्मक भावना र खेलक्षेत्रमा विद्यार्थीको क्षमता अझ निखार्न मद्दत गर्नेछ।

कार्यक्रमको अन्त्यमा विभिन्न प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी र अभिभावकलाई विद्यालय प्रशासनले पुरस्कार वितरण गरेको शिक्षक राजन परियारले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: