सञ्चारमाध्यम बन्द हुन बाट रोक्न आग्रह

Share:

पोखरा,असोज २१,माधब पनेरु,
भारतले लगाएको नाकाबन्दीबाट आक्रान्त बनेको नेपालमा पछिल्ला दिनहरुमा सञ्चारमाध्यमहरु पनि बन्द हुन अबस्था र्सिजना हुन थालेकोले यसको अभिलम्व बैकल्पीक ब्यबस्था गर्न माग गरिएको छ । प्रेस चौतारी कास्कीका अध्यक्ष माधब बरालको सक्रियतामा पोखरामा रहेका बिभिन्न पत्रकार संगठन तथा पत्रकार महासंघको संयुक्त छलफलले यस्तो र्निणय गरेको हो ।
नेपालले यो भन्दा अगाडी पनि नाकाबन्दीको सामाना गरेको स्मरण गर्दे छलफल कार्यक्रममा सहभागि बिभिन्न संगठनका प्रमुख तथा प्रतिनिधिहरुले चाडपर्बको बेलामा गरिएको नाकाबन्दीको कुटनितिक पहल र बिकल्प खोज्न सरकारलाई आग्रह गरे । ईन्धन अभावका कारण रेडियो प्रसारण बन्द हुन अबस्था आएको भन्दै क्रान्तिकारी पत्रकार संगठन कास्कीको संयोजक माधब पनेरुले स्थानिय प्रसासनले चासो दिन समेत छाडेको बताए । प्रमुख जिल्ला अधिकारीको सिफारीस बिना पेट्रोलपम्पहरुले रेडियोलाई पनि ईन्धन दिन छाडेको भएपनि प्रमुख जिल्ला अधिकारीले कुनै चासो नदिएकोमा उनले गुनासो गरेका थिए । पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले रेडियो नै बन्द हुने अबस्थाको अन्त्य गर्नुपर्ने बताए । सरकारले नै सञ्चारमाध्यम बन्द हुन नदिने औपचारीक र्निणय गरेको अबस्थामा स्थानिय प्रसासनले चासो नदिनु गैरजिम्मेवारीपन भएको उनको भनाई थियो ।बरिष्ट पत्रकार बद्रीबिनोद प्रतिकले यो भन्दा अगाडी पनि भारतले नाकाबन्दी गरेको स्मरण गर्दे सरकारले बेलैमा सोच्न नसकेको बताए ।
प्रेस युनियन कास्कीका सचिव प्रकाश चन्द्र सापकोटाले अब रिपोर्टीङ्खमा जान सक्ने अबस्था नभएको बताए । स्वतन्त्र पत्रकार संघ कास्कीका प्रतिनिधि कृष्ण रानाभाटले पत्रकार र सञ्चारमाध्यम चल्न नसके राज्यको आँखा नै बन्द हुने उल्लेख गरे । क्रान्तिकारी पत्रकार संघ कास्कीका प्रतिनिधि शन्देश श्रेष्ठले तत्कालकोे लागि डिपोमा भएको स्टक लाई बाहिर ल्याउनुपर्ने बताए । पत्रकार शिबराज बस्ताकोटीले सामुहिक रुपमा रिपोर्टीङमा जाने ब्यबस्था गर्नुपर्ने धारण ब्यक्त गरे ।
छलफल कार्यक्रममा सहभागि अन्य संगठनका पत्रकारहरुले देशको बिषम परिस्थितीको मिलेर सामाना गर्न अनुरोध गरेको थिए

कमेन्ट गर्नुहोस्
Share: