पोखरामा रेडक्रसको २४औँ स्थापना दिवस : १९ जनाले गरे रक्तदान

Share:

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका-३२ ले आफ्नो २४औँ स्थापना दिवस विशेष रक्तदान कार्यक्रमसहित मनाएको छ। कार्यक्रममा १९ जनाले स्वेच्छाले रक्तदान गरी मानवीय सेवामा योगदान दिएका छन्। उद्घाटन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीकी सभापति उर्मीला खड्काले गरे। प्रमुख अतिथि खड्काले रक्तदानलाई “जीवनदान” भनेर सम्बोधन गर्दै यसको सामाजिक तथा मानवीय महत्व उच्च रहेको बताए।

शाखाका सभापति विन्दुराज तिवारीले रेडक्रसले समाजप्रति आफ्नो उत्तरदायित्व पूरा गर्ने उद्देश्यसहित नियमित रूपमा रक्तदान कार्यक्रम गर्दै आएको जानकारी दिए। कार्यक्रममा परोपकार आमा समूह, गगन नेवास् खल, पूर्णद्वीप पौडेल, घनश्याम खनाल, शिखर नेट, विष्णु बहादुर बस्नेत, खेम गुरू लगायतले विभिन्न किसिमका सहयोग गरे।

कार्यक्रम शाखा सभापति विन्दुराज तिवारीको सभापतित्वमा सम्पन्न भयो भने सचिव विष्णुबहादुर बस्नेतले सञ्चालन गरेका थिए। स्वागत उपसभापति विमला थापा बस्नेतले गरे भने रेडक्रसका सात सिद्धान्तको वाचन सदस्य देवी तिवारीले गरेका थिए।

कार्यक्रममा शाखाका निवर्तमान सभापति किसान परियार, रेडक्रस जिल्ला शाखा कास्कीका सदस्य तथा वडा-३२ का सहजकर्ता सुवास अधिकारी र वविता सुवेदी, शरणकुमार प्रधान, मोहनकुमार प्रधान, भरत थापा लगायतले रक्तदानको महत्व र समाजसेवामा रेडक्रसको भूमिकाबारे मन्तव्य व्यक्त गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: