मधेसी मोर्चाले सुशील कोइरालालाई भोट हाल्ने

Share:

२४ असोज, काठमाडौं ।
मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस उम्मेद्वार सुशील कोइरालालाई समर्थन गर्ने निर्णय गरेको छ । मधेसी मोर्चाले संविधान अस्वीकार गर्दै आन्दोलन गरेपनि त्यही संविधान अनुसार हुन लागेको प्रधानमन्त्री चुनावमा भने भाग लिन लागेको हो ।

तमलोपाका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रधानमन्त्री चुनावमा कोइरालालाई भोट हाल्ने निर्णय भएको जानकारी दिए । ‘उग्रबामपन्थी, अतिवादी, फासिस्ट नेतृत्व विरुद्ध उभिने निर्णय गरेका छौं,’ उनले भने ।

मधेस आन्दोलन त कोइराला प्रधानमन्त्री भएकै बेला भएको थियो नि रु भन्ने सञ्चारकर्मीका् प्रश्नमा शुक्लाले भने(‘कसको नेतृत्व भन्दा पनि कसको बोलीले भनेर बुझ्नुपर्छ ।’

कमेन्ट गर्नुहोस्
Share: