
काठमाडौं। रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ।
उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको जानकारी दिए।
आज अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासमा सुनुवाइ भएको थियो।
लामिछाने र जोशीले बिगो बराबरको रकम बुझाएर थुना बाहिरैबाट मुद्दाको पुर्पक्ष गर्न पाउने जिल्ला अदालतको आदेशविरुद्ध परेको मुद्दाको सुनुवाइ भएको हो। बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराध अभियोगमा उनी थुनामा छन्।
कमेन्ट गर्नुहोस्
