र्याण्डम रिडर्सको अध्यक्षमा उपेन्द्र पौडेल

Share:

पोखरा, असोज २६ गते । ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालको तेस्रो अधिवेशनबाट उपेन्द्र पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । मङ्गलबार सम्पन्न अधिवेशनबाट सचिवमा रुपिन्द्र प्रभावी, कोषाध्यक्षमा मीरा ढकाल र सहसचिवमा अनुपमणि अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा सुरज उपाध्याय, अल्पज्ञानी, सञ्जय मल्ल र रामजी पौडेल चयन हुनुभएको छ । उपाध्यक्ष पछि मनोनय गरिने सोसाइटीले जनाएको छ ।

upendra poudel

यसअघि सोसाइटीका अध्यक्ष गनेस पौडेलको अध्यक्षतामा भएको साधारणसभामा सचिव उपेन्द्र पौडेलको प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामजी पौडेलको आर्थिक प्रतिवेदन पारित भएको थियो । अधिवक्ता बोधराज बरालको संयोजकत्वमा सोसाइटीकै पुस्तक छनोट समितिका पूर्व संयोजक कृष्ण केसी र नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली सदस्य रहेको निर्वाचन समितिले पदाधिकारीहरुको घोषणा गरेको थियो ।

कार्यव्रmममा पूर्व उपाध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’, कृष्ण केसी, गनेस पौडेललगायतले नवनिर्वाचित समितिलाई बधाई दिनुभएको थियो । पठन संस्कृतिको विकासका लागि व्रिmयाशील सोसाइटीले हरेक महिनाको अन्तिमशनिबार कुनै पुस्तक वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: