
पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीले एचआईभी संक्रमित र प्रभावित परिवारलाई सहयोग गरेको छ ।
संघको कार्यालयमा सोमबार आयोजित कार्यक्रम बीच सभापति नवीन सिग्देलले सहयोग हस्तान्तरण गरेका हुन् ।
संघले एक परिवारलाई पोषण तथा खाद्य सामग्री र अर्काेलाई व्यूटिसियन व्यवसाय संचालनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको वरिष्ठ शाखा प्रवन्धक नव राज तिवारीले जानकारी दिए ।
राष्ट्रिय एचआइभी÷एड्स महासंघ र आशाको साथी संस्थाको समन्वयमा सहयोग प्रदान गरिएको हो ।
विगतका वर्षहरुमा पनि यस्तो सहयोग गरिदै आएको जनाउँदै भविष्यमा पनि निरन्तर राख्न प्रयास गरिने संघको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
