चीनमा अब सबै दम्पतीले दुई सन्तान जन्माउन पाउने

358
0
Share:

काठमाडौं, कार्तिक १२ । चीनले दशकौं लामो एक सन्तान नीति अन्त्य गर्ने निर्णय गरेको छ । चिनियाँ समाचार एजेन्सी ‘सिन्ह्वा’ले कम्युनिष्ट पार्टीलाई उद्धृत गर्दै अब सबै दम्पतीले दुईओटा सन्तान जन्माउन पाउने जनाएको हो ।

मुलुकमा जन्मदर र जनसंख्या बृद्धिदरमा कमी ल्याउन सन् १९७९ मा विवादास्पद एक सन्तान नीति लागू गरिएको थियो । तर, यो नीति परिवर्तनका लागि भने दबाब बढ्दै गएको थियो । पछि केही प्रान्तमा यो नीति खुकुलो बनाइएको थियो ।

एक सन्तान नीति लागू भएपछि करिब ४० करोड शिशुको जन्म रोकिएको अनुमान गरिएको थियो । यो नीति उल्लंघन गरेकोमा धेरै दम्पतीले विभिन्न किसिमका सजाय र जरिवाना पाइसकेका छन् भने गर्भपतनका साथै जागिरबाट हट्नुपर्ने बाध्यतामासमेत परेका छन् ।

कम्युनिष्ट पार्टीले दुई वर्षअघि औपचारिकरुपमै एक सन्तान नीति खुकुलो पार्ने औपचारिक सुरुआत गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: