राष्ट्रिय कलाकार र पोखरेली बुद्धिजीविले ३–३ गोलको बराबरी खेले

579
0
Share:

रञ्जन अधिकारी पोखरा, २१ कार्तिक / कलाकार र बुद्धिजिवि बीच पोखरा रंगशालामा मैत्रीपूर्ण फुटबल खेल भएको छ । एचआईभी एड्स संक्रमितहरुको सहयोगार्थ भएको उक्त प्रतियोगितामा दुवै तर्फबाट ३(३ गोल हुँदै बराबरीमा खेल सकियो । नृत्य निर्देशक शंकर बिसीले कलाकार टोलीका लागि एक्लैले ह्याट्रिक गरेका हुन् ।

धिरेन शाक्यको कप्तानीमा कलाकारको टीम मैदान उत्रिएको थियो भने पोखराको तर्फबाट गणेशबहादुर भट्टराईले कप्तानको जिम्मेवारी सम्हालेका थिए । कलाकारको टोलीमा शिव श्रेष्ठ, निखिल उप्रेति, दीपा श्री निरौला, झरना थापा, प्रशान्त तामा , सलोन बस्नेत, सुदर्शन थापा, शंकर बिसी, केशव भट्टराई, कमलकान्त मैनाली, राजेन्द्र खड्की, गोपाल नेपाल फिस्टे, अर्जुन पोखरेल लगायत थिए ।

मैत्रीपुर्ण फुटबल खेल्न आएका राष्ट्रिय कलाकार शनिबार पोखरा रङगशालामा छमछमी नाचे । कलाकार दिपा श्री निरौला, नृत्य निर्देशक शंकर बिसी, नायक रमित ढुङगाना, नायक निखिल उप्रेती, नायीका झरना थापा, नायक प्रशान्त तामाङ, गोपाल नेपाल ९फिस्टे०, भिम गुरुङ, सलोन बस्नेत लगायतका कलाकारहरु मैत्रीपुर्ण फुटबल पछि फ्यानका अगाडी छमछमी नाचेका हुन् । कलाकारहरुसँग पोख्रली दर्शकले फोटो खिच्न तछाममछाड गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: