फोटो पत्रकार अक्षयकोषमा सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलको साथ

Share:

पोखरा । फोटो पत्रकारहरूको क्षमता अभिवृद्धि र पेशागत सुदृढीकरणका लागि स्थापना गरिएको ‘फोटो पत्रकार अक्षयकोष’ मा विदेशबाट पनि सहयोग जुट्न थालेको छ। नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको अक्षयकोषमा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले नगद १० हजार रुपैयाँ सहयोग गरेका छन्।

व्यवसायसँगै सामाजिक सेवामा सक्रिय पौडेलले पोखरामा आयोजित आहा रारा पोखरा गोल्डकप मा सहभागिता जनाउने क्रममा उक्त रकम संघका अध्यक्ष राम गुरुङलाई हस्तान्तरण गरेका हुन्। हिमाअस एजुकेशनका प्रवन्ध निर्देशक समेत रहेका पौडेल गोल्डकपका अवसरमा नेपाल आएका बेला फोटो पत्रकारको पेशागत विकासमा योगदान पुर्‍याएका हुन्।

सहयोग ग्रहणपछि एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङले दाताप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न महत्वपूर्ण टेवा पुग्ने बताए। उनका अनुसार संकलित रकम फोटो पत्रकारहरूको वृत्तिविकास, तालिम तथा पेशागत सशक्तीकरणमा खर्च गरिनेछ।

फोटो पत्रकारको हक-हित र पेशागत क्षमतावृद्धिका लागि स्थापना गरिएको अक्षयकोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी, व्यवसायी तथा संघ-संस्थाबाट सहयोग जुट्ने क्रम जारी रहेको संघले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: