संसद घेराउ गर्ने कांग्रेसको चेतावनी

Share:

काठमाडौं, मंसिर ४ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले वार्ता र संवादमार्फत मुलुकको वर्तमान समस्याको निकास तत्काल खोज्ने निर्णय गरेको छ ।
सिंहदरवारमा बसेको पदाधिकारी बैठकले सत्ता र सत्ता बाहिर रहेका पार्टीहरुसँग वार्ता गरि समस्याको समाधान खोज्ने निर्णय गरेको हो ।

बैठकले राष्ट्र बैंकमा गभर्नरको कार्यालय घेराउ र तालाबन्दी गरि सम्पूर्ण काम अवरोध गराउन एमाले सम्बद्ध भ्रातृ संगठनहरु परिचालित गरिएको भन्दै यसलाई तत्काल रोक्न सरकारको ध्यानाकर्षण गरेको छ ।

आफैं सरकारमा बस्ने र आफ्नै कार्यकर्ता उचालेर काममा अवरोध पु¥याउने जस्तो गैरजिम्मेवारपूर्ण काम नगर्न एमालेलाई कांग्रेसले आग्रहसमेत गरेको छ ।
यसैगरि पुनर्निर्माण विधेयकलाई संसदबाट पारित गराउन वार्ता र संवाद गरिने, यसबाट नभएमा संसद घेराउ गर्ने निर्णय पनि कांग्रेसको छ ।

कमेन्ट गर्नुहोस्
Share: