पोखराको जुवाखालमा प्रहरीको छापा : नगद एक लाखसहित ५ जना पक्राउ

Share:

पोखरा । पोखरा महानगरपालिका-१९ अकलादेवी क्षेत्रमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई नगदसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार दिउँसो विशेष सूचनाको आधारमा छापा मार्दा ९९ हजार ८ सय ५५ रुपैयाँ नगद र एक बुक ताससहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार अकलादेवीस्थित एक स्थानमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनापछि पुगेको टोलीले जुवाखालमै पाँच जनालाई रंगेहात पक्राउ गरेको हो।

पक्राउ परेकामाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसूरमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीले थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: