पोखरामा गण्डकी प्रदेशसभाको नयाँ अधिवेशन चैत ८ गतेदेखि सुरु हुने

Share:

पोखरा । गण्डकी प्रदेशसभाको नयाँ अधिवेशन यही चैत ८ गतेदेखि सुरु हुने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकार तथा मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरेका हुन्।

प्रदेशसभा सचिवालयका अनुसार आइतबार अपरान्ह १ः०० बजे पोखरास्थित प्रदेशसभा भवनमा पहिलो बैठक बस्नेछ। अधिवेशनमा प्रदेशको समसामयिक विषय, नीति तथा कार्यक्रम र कानुन निर्माणका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

राजनीतिक रूपमा महत्वपूर्ण मानिएको यो अधिवेशनले आगामी नीति निर्माण र विकासका प्राथमिकतामा स्पष्ट दिशा दिने विश्वास गरिएको छ। साथै, प्रदेशका विभिन्न मुद्दामा सांसदहरूबीच चर्को बहस हुने सम्भावना पनि देखिएको छ।

प्रदेशसभा सचिवालयले सबै आवश्यक तयारी पूरा भइसकेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: