अमेरिकाको कोलोराडोमा गोली हानाहान, प्रहरी सहित ११ जना घाइते

Share:

१२ मंसिर
परिवार नियोजनको कार्यलयबाट प्रहरीलाई लक्षित गर्दै एक व्यक्तिले गोली चलाउदा अमेरिकाको कोलोराडोमा ११ जना घाइते भएको छन् ।
गोली प्रहार बाट घाइते भएका ११ मध्ये पाँच प्रहरी अधिकारी रहेका छन् । परिवार नियोजन क्लिनिक रहेको स्थानबाट आक्रमणकारीले प्रहरीमाथि गोली चलाएको बताइएको छ ।
आक्रमणकारीलाई प्रहरीले पक्रेको छ । आक्रमणकारी लुकेको उक्त क्लिनिकले गर्भपात गराउने गरेकामा आलोचना पनि हुने गरेको थियो । आक्रमणको उद्देश्य के थियो भन्ने अझै खुलेको छैन ।

कमेन्ट गर्नुहोस्
Share: