रेडक्रसद्वारा महेन्द्र माविलाई त्रिपाल हस्तान्तरण

Share:

पोखरा । नेपाल रेडक्रस सोसाईटी उपशाखा पोखरा-१९ ले महेन्द्र मावि घार्मीलाई त्रिपाल हस्तान्तरण गरेको छ । विश्व रेडक्रस दिवसका अवसरमा शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी उपशाखाले ३ थान पाल हस्तान्तरण गरेको हो ।

कार्यक्रममा उपशाखाका सभापति रमेश विश्वकर्मा, रेडक्रस अभियन्ता श्यामसुन्दर आचार्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ लामिछाने, निमित्त प्रधानाध्यापक नन्दराज दाहाल र निवर्तमान प्रधानाध्यापक बासुदेव पौडेललाई सो सामाग्री हस्तान्तरण गरे ।

सभापति विश्वकर्माले रेडक्रस मानविय सेवाका क्षेत्रमा केन्द्रित रहेको बताउँदै, विद्यालयको आवश्यकता अनुसार सहयोग गरिएको बताए । व्यवस्थापन समितिका अध्यक्ष लामिछानेले रेडक्रसले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गर्दै, विद्यालयमा पनि जुनियर रेडक्रस सर्कल क्रियाशिल रहेको जानकारी गराए ।

कार्यक्रममा निमित्त प्रधानाध्यापक नन्दराज दाहाल, निवर्तमान प्रधानाध्यापक बासुदेव पौडेल, अभियन्ता श्यामसुन्दर आचार्य, माधव गौतम,शिक्षक सरद सापकोटा लगायतले विद्यालयको मञ्च व्यवस्थापनमा सहयोग पुग्ने बताए । सो अवसरमा विद्यालय क्षेत्र वरपर सरसफाई पनि गरिएको उपशाखाले जनाएको छ । मानव सेवामा सर्मपित रेडक्रसले त्यस वडाका बिभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: