बैंकिङ कसुर मुद्दामा सेफ सन्तोष साह जनकपुरबाट पक्राउ

Share:

काठमाडौं । सिरहाको कर्जन्हा नगरपालिका-११ का चर्चित सेफ सन्तोष साह बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले साहलाई शुक्रबार धनुषाको जनकपुर उपमहानगरपालिका-८ स्थित रामानन्द चोकबाट नियन्त्रणमा लिएको हो ।

साहका साथै कर्जन्हा-९ का नारायण साह सुडीलाई पनि प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार शकुन्तला अधिकारी (थापा) ले दिएको ठगीसम्बन्धी जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर उनीहरूलाई पक्राउ गरिएको हो ।

साहले दुई वर्षअघि अधिकारीसँग काठमाडौंको नक्सालस्थित गैह्रीधारामा रहेको ‘सिरहा होटल’ (जहाँ हाल मिथिला थाली रेष्टुरेण्ट सञ्चालनमा छ) २ करोड २५ लाख रुपैयाँमा खरिद गरेका थिए ।

सोही रेष्टुरेन्ट खरिद गर्दा उनले अधिकारीलाई पटक/पटक दिएका २५ लाख र साढे ४ लाख रुपैयाँका चेकहरू बाउन्स भएपछि उनीविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको थियो । यसै मुद्दामा संलग्न रहेको आरोपमा ४८ वर्षीय दिलीप कुमार शाह, ४६ वर्षीय रामहित शाह र नारायण शाहविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: