गण्डकी प्रज्ञा प्रतिष्ठानले पायो नयाँ नेतृत्व, कुसुमाकर न्यौपाने कुलपतिमा नियुक्त

Share:

पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञा प्रतिष्ठानको रिक्त नेतृत्व र प्राज्ञ सभा सदस्यहरू नियुक्त गर्दै प्रतिष्ठानलाई पूर्णता दिएको छ। नयाँ नियुक्तिसँगै प्रतिष्ठानले आगामी चार वर्षका लागि नयाँ नेतृत्व पाएको हो।

सरकारले लोकसाहित्यका प्रतिष्ठित अध्येता प्रा. डा. कुसुमकुमार (कुसुमाकर) न्यौपानेलाई प्रतिष्ठानको कुलपति नियुक्त गरेको छ। त्यस्तै शंकर विरही गुरुङ उपकुलपति तथा मनकुमार श्रेष्ठ सदस्य-सचिव नियुक्त भएका छन्।

यससँगै साहित्य, लोकसाहित्य, भाषा, संगीत, संस्कृति, चित्रकला, मूर्तिकला, चलचित्र, लोकदोहोरीलगायत सिर्जनात्मक विधाका २४ जना व्यक्तित्वलाई प्राज्ञ सभा सदस्यमा मनोनयन गरिएको छ। ती सदस्यहरूमध्येबाट गुरुङलाई उपकुलपति र श्रेष्ठलाई सदस्य-सचिवको जिम्मेवारी दिइएको हो।

प्रदेश सरकारले गण्डकी प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ को दफा ७ र ८ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा नियुक्ति गरेको जनाएको छ। ऐनअनुसार नियुक्त पदाधिकारी तथा प्राज्ञ सभा सदस्यहरूको कार्यकाल चार वर्ष रहनेछ।

नयाँ नेतृत्वसँगै गण्डकी प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा अनुसन्धानका क्षेत्रमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यहरू :

कमेन्ट गर्नुहोस्
Share: