पोखरामा जुवातास खेल्दै गरेका ५ जना नगदसहित पक्राउ

Share:

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका-५ पर्स्याङबाट जुवातास खेल्ने तथा खेलाउने पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार साउन ८ गते (शुक्रबार) साँझ करिब ७ बजे पुष्पेन्द्र कोइरालाको घरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो।

प्रहरीले उक्त स्थानबाट जुवाखेलमा संलग्न पाँच जनालाई नगद ७७ हजार १४५ रुपैयाँ र ४१६ पत्ती ताससहित नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसूरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: