ब्राउन सुगरसहित दुई जना पक्राउ, नगद २ लाख ८१ हजार ५०० रुपैयाँ बरामद

Share:

पोखरा । कास्की प्रहरीले पोखरा महानगरपालिका-१४ छिनेडाँडा क्षेत्रबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।साउन १२ गते साँझ करिब ५:३० बजे उक्त क्षेत्रमा लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भोजपुरको ट्याम्के गाउँपालिका-६ स्थायी घर भई हाल पोखरा-१४ शुभकामना टोल बस्ने ३३ वर्षीय मनोजकुमार मग्राती र म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्थायी घर भई हाल पोखरा-१० मिलनटोल बस्ने ३७ वर्षीय विश्वास पुन रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट खैरो हिरोइनजस्तो देखिने पदार्थ २३ ग्राम ९३ मिलिग्राम (प्लास्टिकसहित तौल गर्दा), नगद रु. २ लाख ८१ हजार ५०० र चार थान मोबाइल बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि लागू औषध सम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: