कास्की प्रहरीको फन्दामा परे ७ फरार प्रतिवादी, चेक अनादर र बैंकिङ कसुरका अभियुक्त अदालत पेस

Share:

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दाका सात जना फरार प्रतिवादीलाई बिहीबार (आज) पक्राउ गरेको छ ।

चेक अनादरमा छ र बैंकिङ कसुरमा एक जनालाई नियन्त्रणमा लिइ कैद सजाय तथा जरिवाना असुलका लागि अदालतमा पेस गरिएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

पक्राउ परेका प्रतिवादीबाट तीन दिन कैद सजाय र एक लाख आठ हजार ६०० जरिवाना रकम असुलउपर हुने उनको भनाइ छ ।

कास्की प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादी नियन्त्रणमा तीव्रता दिँदै आएको छ । गत महिना ६६ जना प्रतिवादी पक्राउ परेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: