लागूऔषध गाँजासहित माछापुच्छ्रेबाट दुई जना पक्राउ

Share:

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट दुई किलोभन्दा बढी लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो माछापुच्छ्रे गाउँपालिका-९ सिद्धवाङबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोक बस्ने २७ वर्षीय प्रमोद हमाल र सोही ठाउँका २९ वर्षीय लक्ष्मण जि.सी. रहेका छन्।

सिद्धवाङ क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरूको साथबाट दुई किलो ४३० ग्राम गाँजा, नगद एक हजार १३५ रुपैयाँ र दुई थान मोबाइल बरामद गरेको छ।

पक्राउ परेका दुवै जनामाथि कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी कसुरमा १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: