पोखराको पृथ्वीचोकबाट १४ ग्राम ब्राउनसुगरसहित एक जना पक्राउ

Share:

पोखरा। पोखराको पृथ्वीचोकबाट प्रहरीले लागू औषध ब्राउनसुगर (खैरो हिरोइन) सहित एक जनालाई पक्राउ गरेको छ।

लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले धादिङको बेनिघाट गाउँपालिका-३ मलेखु निवासी ३७ वर्षीय दलबहादुर ठकुरी (किसान) लाई नियन्त्रणमा लिएको हो।

बुधबार राति करिब साढे ९ बजे पक्राउ परेका ठकुरीको साथबाट प्लाष्टिकबाहेक १४.२८ ग्राम ब्राउनसुगर, नगद ३० हजार रुपैयाँ र दुई थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीले जनाएको छ।

पक्राउ परेका ठकुरीमाथि लागू औषधसम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: