विमान दुर्घटना, २५ जनाको मृत्यु

Share:

काठमाडौं । नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । वायुसेनाका अनुसार एटीआर–४२ विमानमा २० यात्रु र चालक दलका पाँच सदस्य थिए । विमान देशको आर्थिक राजधानी लागोसका लागि नियमित उडानमा थियो ।

विमान उडेको केही समयपछि राडारबाट सम्पर्कविहीन भएको थियो । खोजीका क्रममा यसको भग्नावशेष ओन्डो राज्यको नदी किनारमा रहेको इग्बोकाडा सहरस्थित नौसैनिक अड्डानजिकै फेला परेको अधिकारीहरूले बताएका छन् ।

नाइजेरियाका नागरिक उड्डयनमन्त्री फेस्टस केयामोले सुरुमा विमानमा ३२ जना सवार रहेको बताएका थिए । तर, पछि वायुसेनाले यात्रु र चालक दलसहित २५ जना मात्रै विमानमा रहेको जनाएको थियो ।

नाइजेरियाली वायुसेनाले दुर्घटनाको कारण र परिस्थितिबारे अनुसन्धान गर्न आदेश दिएको छ । दुर्घटनापछि राष्ट्रपति बोला टिनुबुले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: