काठमाडौंमा शून्य र पोखरामा चार डिग्री सेल्सियस तापक्रम

Share:

पोखरा, ९ पुस-
केही दिनयता चिसो बढेसँगै पोखरासहित देशभरको जनजीवन प्रभावित बन्न थालेको छ ।
चिसो बढेसँगै बिहान तथा बेलुकीको समयमा गर्नुपर्ने काम प्रभावित भएका छन् । बिशेषगरी हिमाली र तराईका जिल्लाहरुको जनजीवन कष्टकर बन्न थालेको छ । बिहीबार बिहान काठमाडौं उपत्यकाको तापक्रम शून्य डिग्री सेल्सियसमा झरेको छ भने देशका अन्य ठाउँहरुको तापक्रम पनि घटेको छ ।
काठमाडौंमा आज पछिल्लो दुई वर्षकै कम तापक्रम मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, आज पोखराको तापक्राम समेत घटेर ४ डिग्री सेल्यिसयसमा झरेको छ । यसअघि हिजो पोखराको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री थियो ।
आज पोखराको तापक्रम पनि बर्षभरीकै सबैभन्दा कम रहेको क्षेत्रीय हावापानी कार्यालय पोखराले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: