
पोखरा, ११ पौष-
सामसुङ्ग ग्यालेक्सी जे सेभेन छैठौं सामसुङ्ग बिग आइकनको दोस्रो चरणको अडिसनको पहिलो दिन ४४ जना अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
शनिबार न्यूरोडस्थित स्काई टच रेष्टुरेण्ट एण्ड लाउन्ज बारमा भएको अडिसनबाट ५८ जनामध्ये ४४ जनाले पहेँलो कार्ड प्राप्त गर्दै तेश्रो चरणमा प्रवेश गरेका हुन् ।
यस अघि पुस ५ गतेखि सुरु भएको पहिलो चरणबाट दोश्रो चरणमा प्रवेश गरेका कूल १ सय १२ जनामध्ये बाँकी ५४ जना प्रतियोगीको अडिसन आइतबार हुने आयोजक संस्था विगएफएमले जनाएको छ ।
यसपटक बिग आइकनमा ५ जना निर्णायकहरु रहेका छन् । यसअघि निरन्तर रुपमा निर्णायक रहँदै आएका श्यामसुङ तामाङ्ग, सुनिल थापा, बिनोद बानियासंगै चर्चित गायकहरु कर्णदास तथा विवेक श्रेष्ठ पनि शनिबार निर्णायकमा रहेका थिए ।
छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।
