
१३ पुस, काठमाडौं ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र एमाओवादीको बैठक भर्खर सकिएको छ ।
बैठकमा प्रमुख तीन दलले संविधान संशोधन र अन्य विषयमा मधेसी मोर्चा सहितको साझा अवधारणा बनाएर जाने सहमति भएको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले वरिष्ठ नेता झलनाथ खनालले भने(‘गहन छलफल भएको छ । अहिले जे जे इश्यू उत्पन्न भएको छ, त्यसमा साझा धारणा बनाउने सहमति भएको छ ।’
उनले अघि भने, जे जे मागेको छ, त्यो सबै पुरा नहुन सक्छ । अडान पनि कायमै रहन सक्छ ।’ उसो भए सीमांकन हेरफेर हुने भयो हो भन्ने प्रश्नमा उनले भने(विचको बाटो निकाल्छौं ।’
कमेन्ट गर्नुहोस्
