
पोखरा, पुष २५, माधब पनेरु ,
नेकपा मालेका महासचिव तथा उप–प्रधान तथा महिला बालबालिका तथा समाज कल्याण मन्त्री सि.पि मैनालीले देशको परराष्ट्र नितिमा नै खलल पुर्याउने खालको संघिय प्रदेश बनाउन नहुने बताएका छन ।
नेपाल अपाङ समाज सेवा समिति कास्की र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको संयुक्त आयोजनामा गरिएको सिप हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री मैनालीले देशका राजाहरु वा पहिलाका साासकहरुले धेरै खराव काम गरेको भएपनि परराष्ट्र निति भने दुरदर्शि बनाएको भन्दै असंलग्न परारष्ट्र नितिमा नै असर गर्ने गरि संघिय प्रदेश बनाउन नहुने बताए ।
उत्तर र चिन नेपालका लागि खतरा हुन सक्ने भन्दै उनले अहिले संबन्ध राम्रो हुदैमा भावि पुस्तामा पनि राम्रो हुन्छ भन्ने नहुने भएकाले प्रदेशका सिमाङकनमा कसैले भन्दैमा परिबर्तन गर्न नसकीने बताए । भारतले नेपाल माथि गरेको दोहोरो भुमिकाका बारेमा अहिले सबै नेपाली जानकार रहेको उनको भनाई थियो ।
नेपाल भारत र चिनको भुपरिबेष्टीत हो , त्यसैले भुपरिवेष्टीत अधिकारका लागि दुबै देश संग बराबर अधिकार माग्ने सरकारको निति अनुसार नै अहिले काम अगाडी बढेको उनको भनाई थियो । अहिलेको सरकारले नितिगत तथा तुरुन्त गर्न पर्ने कामको बर्गिकरण गरेर नै काम गरिरहको मन्त्री मैनालीले बताए । जनताले अबरोध सहज गर्न भनेपनि घुँडा नटेक्न गरिरहेको खबरदारी अनुरुप सरकार घुँडा नटेक्ने नितिमा स्पष्ट भएकोमा उनले जोड दिए ।
सिप हस्तान्तरण कार्यक्रममा समाज सेवा समितिले आयोजना गरेको कार्यक्रममा सहभागि भएका महिलाहरुलाई लुगा सिलाउने मेशिन प्रदान गरिएको थियो । कार्यक्रममा स्थानिय राजनितिक दलहका प्रतिनिधि तथा बिभिन्न संघ सस्थाका मानिसहरुले बोलेका थिए ।
