
काठमाडौं ३० पुस । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को परीक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ । सबै तयारी पुरा भइसकेकाले आज परीक्षाफल प्रकासित गर्ने उच्च शिक्षा माध्यामिक शिक्षा परिषदले जनाएको छ । परीक्षाफल प्रकासित गर्नुअघि अहिले परीक्षा समितिको बैठक बस्दैछ ।
परीक्षा उपनियन्त्रक कृष्णप्रसाद घिमिरेले आज परीक्षाफल सार्वजनिक गर्ने तयारी भइरहेको सीआईएनलाई जानकारी दिनुभयो । सबै तयारी पुरा भइसकेको र कुनै समस्या नआए आज बेलुकासम्म सार्वजनिक गरिने पनि उहाँले बताउनुभयो ।
स्रोतका अनुसार बेलुका ४ देखि ५ बजेसम्म परीक्षाफल प्रकासित गर्ने तयारी छ । उच्च माध्यमिक शिक्षा परिषद्ले गत असार १ गतेबाट सञ्चालन गरेको कक्षा ११ को परीक्षामा करिब ५ लाख विद्यार्थीहरु सहभागी भएका थिए ।
