पुर्व मुख्यमन्त्रीअरविन्द केजरीवाल हिरासतमा

Share:

 नयाँ दिल्ली, जेठ ७ – दिल्लीका पुर्व मुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई अदालतको मानहानीको मुद्दामा जेल चलान गरिएको छ । दिल्लीको पटीयाला कोर्टले केजरीवाललाई २३ मइसम्म न्यायीक हिरासतमा पठाएको हो । केजरीवाल तिहाड जेलमा रहनेछन् ।

पटीयाला हाउस कोर्टले नितीन गडकरीको अपमानको मुद्दामा केजरीवालले जमानत लिन अस्वीकार गरेपछि २३ मइसम्म न्यायीक हिरासतमा पठाएको हो । नितीन गडकरीले गएको जनवरीमा केजरीवालमाथि आपराधीक मानहानीको मुद्दा दायर गरेका थिए ।
आपराधीक मानहानीको मुद्दामा केजरीवाललाई अदालतमा हाजीर हुन आदेश दिइएको थियो । तर केजरीवालले चुनाव प्रचारमा व्यस्त भएको भन्दै अदालतसँग समय मागेका थिए । अदालतले जेल पठाउनुअघि उनलाई जमानतमा रिहा हुने मौका पनि दिएको थियो । तर केजरीवालले जमानत लिन मानेनन । यसको अर्को सुनुवाई २३ मइमै हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: