
पोखरा, २ माघ-
स्रष्टा कल्याण शेरचनको चौथों वार्षिक स्मृति दिवसको सन्दर्भ पारेर, कल्याण शेरचन स्मृति प्रतिष्ठानले मा.वि. स्तरका विद्यार्थीहरु बीच अन्तर विद्यालय स्तरीय दौड प्रतियोगिता आयोजना गरेको छ ।
२४ विद्यालयका, ७६ विद्यार्थीहरु बीच प्रतिस्पर्धा भएको थियो । एथलेटिक्स विद्याका ३ इभेन्टहरु १०० मि. महिला, २०० मि.पुरुष र १५ मि. पुरुष खेलहरु भएकोमा १०० मि. महिला तर्फ अनिशा भण्डारी गौरीशंकर मा.वि. हेम्जा प्रथम, सृजना क्षेत्री कास्की मोडोनाइज्ड एकेडेमी उ.मा.वि. चाउथे द्धितिया, जमुना कुँवर गौरीशंकर मा.वि. हेम्जा तृतीया भए ।
यस्तै, २०० मि. पुरुष तर्फ सुदिप जोशी चिल्ड्रेन एकेडेमी कुँडहर प्रथम, सुजन सुवेदी अमरसिंह उ.मा.वि. रामघाट द्धितिया, विष्णु सेन्चुरी गौरीशंकर मा.वि. हेम्जा तृतीया त्यसैगरी १५०० मि. पुरुष तर्फ प्रथम हुन सफल भिम क्षेत्री कालिका उ.मा.वि. रामबजार, द्धितीया विनोद गुरुङ बेथाने उ.मा.वि. कुँडहर र तृतीय सुजन गुरुङ कास्की मोडोनाइज्ड एकेडेमी उ.मा.वि. चाउथे भए ।
खेलाडीहरुलाई नगद, मेडल तथा प्रमाणपत्र क्रमशः १०० मि. महिला र २०० मि. पुरुषलाई नगद रु. ३०००।– रु. २०००।– रु. १०००।–, १५०० मि. पुरुष तर्फ भने रु. ५०००।– रु. ३०००।– र रु. २०००।– यस प्रतिष्ठानको मुल समारोह कास्की जिल्ला घान्द्रुक गा.वि.स.वडा नं. १ श्री फु म्रों खूँ बराह मा.वि.को प्रागाङ्गमा माघ २४ गते भव्य समारोहका बीच पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको खेल संयोजक गज बहादुर गुरुङ ज्यूले जानकारी दिए ।
