
पोखरा, ८ माघ-
पोखराको ट्याक्सी चोकस्थित मेरी ‘विध्यावासिनी स्टोर’ भित्र आज अकस्मात दिउँसो बाघ छिरेपछि स्थानीयाबासीलाई सन्त्रस्त बनाएको छ ।
दिउँसो २ः३० बजे अकास्मात् स्टोरभित्र बाघ पसेको स्टोरका चौकीदार कुमार सुनारले जानकारी दिनुभयो । जानकारी पाएलगत्तै पुगेको वनरक्षकसहितको टोलीले बाघलाई नियन्त्रणमा लिन खोज्दा सशस्त्र वनरक्षक विनोद थापालाई बाघले आक्रमण गरेको थियो ।
आक्रमणबाट घाइते थापाको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको सहायक वन अधिकृत महाप्रसाद ओझाले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
