सागर राज तिमिल्सिना
पोखरा, ११ जेठ/एभिया क्लवले कास्कीको बाम्दीमा एयरफिल्ड तयार गरी सन्चालमा ल्याएको छ । कास्कीको चापाकोट गाविस ६ बाम्दीमा करिब ४० रोपनी जग्गा भाडामा लिएर एयरफिल्ड सन्चालनमा ल्याएको हो । नागरीक उड्यान प्राधिकरणबाट सन्चालनका लागी अनुमनी समेत पाएको एभिया क्लबका निर्देशक प्रविन गौचनले जानकारी दिए ।
यो मैदानमा एभिया क्लबले सन्चालन गर्दै आएको अल्ट्रालाइट प्रशिक्षण सन्चालन गर्ने भएको छ । नागरीक उड्यन प्राधिकरणले एभिया क्लवलाई प्रशिक्षण मात्रै सन्चलान गर्ने गरि अनुमति दिएको छ । निर्देशक गौचनले एभिया क्लवको प्रशिक्षण मात्रै सन्चालन गर्ने गरि अनुमती पाएको बताए । एभिया क्लवमा अहिले १२ जनाले अल्ट्रालाइट प्रशिक्षण गर्दै आएका छन् ।
उनिहरुले पोखरा एयरपोटमा दिनमा २ घण्टा मात्रै प्रशिक्षण गर्दै आएका थिए भने नयाँ ठाउँमा विहान ६ बजे देखि बेलुका ५ बजे सम्म प्रशिक्षण गर्न पाउने छन् । करिब ५ सय मिटर लामो धावन मार्ग रहेको छ । गौचनले धावन मार्ग लामो भएका कारण टुइनटर विमान समेत बस्न सक्ने बताए । आपत काली अवस्थाका लागी टुइनटर विमान पनि बस्न सक्छ उनको भनाई थियो । १० वर्षका लागी भाडामा लिएर सन्चालन आएको एयर फिलरमा करिब १० लाख खर्च गरेर माटोले पुरेको बताए ।
कमेन्ट गर्नुहोस्
