
चितवन, १ फागुन-
नारायणगढको लायन्सचोकमा ट्रकले रिक्सालाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान चौबीसकोठीबाट पुल्चोकतर्फ जाँदै गरेको ना४ख २७३२ नम्बरको ट्रकले लायन्सचोकमा रहेको सब्जिमण्डीबाट राजमार्गतर्फ आउँदै गरेको रिक्सालाई ठक्कर दिँदा रिक्सा चालक र त्यसमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको सनाखत हुन नसकेको तर ट्रकलाई भने नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ । फरार ट्रक चालकको खोजी पनि भैराखेको कार्यालयले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्
