
बेल्जियम, १ फागुन-
युरोपेली सदस्य राष्ट्रहरुको सङ्गठन युरोपिएन युनियन (ईयू) ले ग्रीसलाई सीमा क्षेत्रमा सुरक्षा कडाई पार्दै आप्रवासी प्रवेशमा कडाई गर्नका लागि आग्रह गरेको छ ।
ईयूले ग्रीसलाई सीमा क्षेत्रमा देखिएका सुरक्षा कमजोरीलाई हल गर्न तीन महिनाको अवधि तोकी सेनजेन, (पासपोर्ट फ्रि जोन) क्षेत्रमा आप्रवासीको प्रवेशमा नियन्त्रण गर्न अनुरोध गरेको हो ।
ग्रीसमाथि ईयू राष्ट्रका विदेशमन्त्रीहरुले ग्रीसलाई नाकालाई थप कडा पार्दै आप्रवासी प्रवेशलाई कडाई गर्न दबाब दिए पनि ग्रीक सरकारले यसमा खासै चासो नदेखाएको भन्दै ईयूले ग्रीसलाई नाका कडाईका लागि थप दबाब दिन यो पछिल्लो निर्णय गरेको हो ।
युरोपमा आप्रवासी समस्या दोस्रो विश्व युद्धयता सबैभन्दा बढी देखिएको भन्दै ईयूले आप्रवासी प्रवेशमा कडाई गर्नुपर्ने बताउँदै आएको छ ।
